रवि लामिछानेले भने- अनागरिक भएँ, सर्वोच्चको फैसला स्वीकार्छु

वेलकम खबर
माघ १३, २०७९

काठमाडौं : उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सर्वोच्च अदालतको फैसला स्वीकार गर्ने बताएका छन्। सिंहदरवारस्थित गृह मन्त्रालयको प्रांगणमा उनले सञ्चारकर्मीसँग अदालतभन्दा माथि कोही नरहेको भन्दै अदालतको फैसला स्वीकार गर्ने बताए।
‘अदालतको फैसला स्वागत गर्छु, स्वीकार गर्छु। अदालतभन्दा माथि कोही छैन,’ उनले भने। त्यसबाहेकको प्रश्नमा उनले जवाफ दिन चाहेनन्। उनले आफू केही नरहेको र अनागरिकसँग यी प्रश्न नसोध्न आग्रह गरेका थिए।

सर्वोच्च अदालतले लामिछानेको नागरिकता अवैध रहेको ठहर गरेको थियो। त्यससँगै उनको सांसद र मन्त्री पद गुमेको छ। लामिछाने गत ११ पुसमा उपप्रधान तथा गृहमन्त्री बनेका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*