उपचार अब गाँउमै मैवाखोलाले नियुक्ति गर्यो डाक्टर

वेलकम खबर
माघ १२, २०७९

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाँउपालिका भित्रका बासिन्दाहरुलाई स्वास्थ्य उपचार सहज बनाउको लागि पालिकाले चिकित्सक नियुक्ति गरेको छ ।
मैवाखोलाबासीले विशेष किसिमको सेवा बाहेक सबै उपचार स्थानीय प्राथमिक स्वास्थ केन्द्र ढुङ्गेसाघुबाटै उपलब्ध गराउने उद्देश्यले मेडिकल अधिकृत नवराज चापागाईलाई नियुक्ति गरेको हो ।
पालिका अध्यक्ष विजय वनेमले आठराई त्रिवेणी र मैवाखोला गाँउपालिकाका बासिन्दालाई मह्गो उपचार गर्न पालिका बाहिर जान नपरोस भन्ने उद्देश्यल डाक्टर नियुक्ति गरी विहिवार पालिकामा स्वागत गरेको बताउनुभयो ।
प्राथमिक स्वास्थ्य केन्द्रमा हाल १५ शैश्याको अस्पताल निर्माणाधिन अवस्थामा रहेको पनि अध्यक्ष वनेमले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*