काग्रेसलाई सरकार बाहेक देश र जनताको चिन्ता छैन : एमाले अध्यक्ष ओली

वेलकम खबर
माघ ११, २०७९

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेसको एकमात्र सुत्र आफु सरकारमा हुनुपर्छ र त्यही लोकतन्त्र र विकास ठान्ने प्रवृत्ति रहेको टिप्पणी गरेका छन् । अध्यक्ष ओलीले कांग्रेसको सोही सुत्रअनुसार सरकारमा हुनुपर्छ भन्ने मान्यता राख्ने गरेको भन्दै देशको बारेमा चर्चा र चिन्ता गर्न कहिल्यै आवश्यक नठानेको बताए ।
बुधबार पार्टी केन्द्रीय कार्यालयमा स्कुल विभागद्वारा आयोजित विशेष अनुशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले नेपाली काँग्रेसले भन्ने गरेको लोकतन्त्र र विकास आफ्नो मात्रै विकास भएको तर्क गरे ।
देशको बारेमा चर्चा गर्नु, चिन्ता गर्नु आवश्यक नै ठान्दैन कांग्रेस । नेपाली काँग्रेसको एउटा मात्रै सुत्र छ–आफू सरकारमा हुनुपर्छ भई गो नि १ उसका लागि त्यही हो लोकतन्त्र । त्यही हो विकास । नेपाली काँग्रेसको सरकार, देशमा लोकतन्त्र, देशमा विकास’, अध्यक्ष ओलीको भनाइ छ । उनले देशमा काँग्रेसको सरकार हुँदा कस्तो विकास भयो भन्दै अर्थतन्त्र ध्वस्त भएपनि उसलाई कुनै चिन्ता नभएको बताए । अध्यक्ष ओलीले एमाले दलबल गरेर बाँडीचुँडी खाने पार्टी नभएको पनि दोहोर्याए ।

‘समृद्ध नेपालः सुःखी नेपाली’ आफ्नो पार्टीको गन्तव्य भएको उल्लेख गर्दै त्यसलाई सफल पार्न केन्द्रित हुन पनि पार्टीका नेता र कार्यकर्तालाई निर्देशन दिए । अध्यक्ष ओलीले केही पार्टीहरु सामाजिक असन्तुष्टिलाई उपयोग गर्न आएको भन्दै उनीहरुको राजनीति टिकाउ नहुने भन्दै मौसमी कुरा गर्ने, सामाजिक असन्तुष्टिलाई उपयोग गरेर आउने पार्टीहरु स्थायी रुपमा रहन नसक्ने बताए ।

यो पार्टी दलबल गरेर केही प्राप्त गर्ने, प्राप्त गरेको चिजलाई बाँडीचुँढी खाने, मिलिजुली खाने यस्तो पार्टी होइन । यो दलबल गर्ने यस्तो चिज होइन । विचार, उद्देश्यमा संगठित हुने हो । हामी समृद्ध नेपालः सुःखी नेपालीको राष्ट्रिय आकांक्षा सफल पार्ने, त्यसलाई गन्तव्य बनाउने हाम्रो जुन उद्देश्य छ । त्यसमा केन्द्रित हुन्छौं हामी । त्यसमा एकीकृत हुन्छौ हामी । त्यसका निम्ति काम गर्छौं हामी । र, हाम्रा निम्ति वैयक्तिक प्रश्नहरु गौण हुन्छन । वैयक्तिक प्रश्नहरुले संगठनलाई, आन्दोलनलाई कहिल्यै पनि अश्वस्थ हुन दिनु हुँदैन । कतिवटा पार्टीलाई के का खुलेका हुन् भन्ने नै थाहा हुदैन ’, अध्यक्ष ओलीको भनाइ छ ।

उनले केही सामाजिक असन्तुष्टिलाई उपयोग गर्नेहरुको गन्तव्य नभएको भन्दै यस्ता कुराहरु राजनीतिमा देखा परेपनि ती स्थायी नहुने बताए । ‘हामीले दुनियाँकै इतिहासमा अनेक प्रयोग देखेका छौं । तर ती प्रयोग राष्ट्रको आजको अवस्था के हो रु यसको विश्लेषण गरेर, समस्य के हुन रु तीनका समाधान के हो भनेर पुग्ने कहाँ हो रु कसरी भन्ने कुरामा केन्द्रित नभएको राजनीतिक त्यस्तो राजनीति अस्थायी हुन्छ’, पूर्व प्रधानमन्त्री समेत रहेका ओलीको भनाइ छ । सत्यसँग नलड्न र जालझेलको राजनीति नगर्न ओलीले पार्टीका नेता र कार्यकर्तालाई सचेत गराए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*