प्रदेश १ प्रदेश सभा उपसभामुखमा एमालेकी सिर्जना दनुवार निर्वाचित

वेलकम खबर
पुस ३०, २०७९

विराटनगर । प्रदेश १ प्रदेश सभा उपसभामुखमा नेकपा एमालेकी सिर्जना दनुवार निर्वाचित भएकी छन्।

शनिबार भएको निर्वाचनले उनलाई उपसभामुखमा निर्वाचित गरेको हो। प्रदेशसभा सचिवालयमा भएको उपसभामुख निर्वाचन प्रक्रियामा दनुवारको पक्षमा ५७ मत परेको थियो। उनलाई उपसभामुख पदमा मत दिन्न भन्ने पक्षमा ३३ मत परेको थियो।

मतदानमा ९० जना सांसदहरूको सहभागिता थियो। दनुवारको प्रस्तावकमा माओवादी केन्द्रका प्रदेश सांसद नारायण बुर्जामगर र समर्थकमा राप्रपाकी सबिजा बजगाईं थिए।प्रदेश सभामा एमालेका ४०, कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ सदस्य गरी ९३ सदस्य छन्।सत्ता गठबन्धन दल एमाले, माओवादी, राप्रपा र जसपाको गरी ६० मत हुन्छ। यद्यपि सभामुख तटस्थ बसे भने एमालेका दुई सांसद अनुपस्थित रहे। उमाकान्त गौतम र मीना श्रेष्ठ अनुपस्थित भए।

उपसभामुख पदकै लागि कांग्रेसकी सांसद लिलाकुमारी राईको पक्षमा ३३ मत परेको थियो। उनको विपक्षमा ५७ मत परेपछि राई उपसभामुखमा पराजित भएको सभामुख बाबुराम गौतमले घोषणा गरेका थिए। उपसभामुखमा निर्वाचित दनुवार उदयपुरबाट समानुपातिकबाट निर्वाचित भएकी हुन्। उनी ४६ वर्षकी हुन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*