सरकारलाई विश्वासको मत प्राप्त हुन्छ : अध्यक्ष ओली

वेलकम खबर
पुस २४, २०७९

काभ्रे : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकारले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्ने बताएका छन्।

पार्टी जनसङ्गठन समन्वय संयन्त्रले काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजना गरेको दुई दिने जनसंगठन सुदृढीकरण कार्यशाला उद्घाटन समारोहमा उनले आउँदो मंगलबार सरकारले विश्वासको मत प्राप्त गर्ने बताउँदै नेता कार्यकर्तालाई ढुक्क रहन आग्रह गरे।

‘वर्तमान सरकारले सहज तरिकाले विश्वासको मत प्राप्त गर्नेछ, तपाईंहरू ढुक्क भएर बस्नुस्, यो एमालेले बनाएको सरकार हो’, पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका ओलीले भने।

अध्यक्ष ओलीले सांकेतिक रूपमा सरकारलाई विश्वासको मत नदिलाउन षड्यन्त्र भइरहेको बताए।

उनले एमाले सरकारमा वा प्रतिपक्षमा जहाँ रहे पनि देश र नागरिकको हितमा दृढतापूर्वक सक्रिय भइरहने बताए।

अध्यक्ष ओलीले जनादेशको सही व्याख्या, सही विश्लेषण र सही सदुपयोग गरेको दाबी गर्दै देशको राजनीति अत्यन्तै अनौठो गतिमा परिवर्तन भएकोमा नेपाली राजनीतिमा चासो राख्ने अचम्मित भएको बताए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*