रौतहट–२ का स्वतन्त्र सांसद किरण साह एमालेमा प्रवेश

वेलकम खबर
पुस १९, २०७९

काठमाडौं । रौतहट–२ बाट प्रतिनिधिसभामा निर्वाचित स्वतन्त्र सांसद किरण कुमार साह नेकपा एमालेमा प्रवेश गरेका छन्। सोमबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओलीले साहलाई एमालेमा प्रवेश गराएका हुन्।

पार्टी प्रवेश कार्यक्रममा ओलीसँगै अर्थमन्त्री विष्णु पौडेल, रौतहट क्षेत्र १ का सङ्घीय सांसद प्रत्याशी अजयकुमार गुप्ता, प्रदेश सांसद प्रत्याशी राजकिशोर यादव, एमालेका स्थानीय नेता शेख फजिले हक लगायतको उपस्थिति रहेको थियो। गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा स्वतन्त्र उम्मेदवार किरण साहले तत्कालीन सत गठबन्धनका उम्मेदवार तथा पुर्वमन्त्री महम्मद आफताव आलमका छोरा फोर्दोस आलमलाई झन्डै ७ हजार मतको अन्तरले पराजित गरी विजयी भएका थिए।

२०७७ सालमा जसपा परित्याग गरी एमालेमा प्रवेश गरेका उनी गत निर्वाचनमा क्षेत्र २ मा एमाले जसपा गठबन्धनबाट जसपाका उम्मेदवार शैलेन्द्र साहले प्रतिनिधिसभा सदस्यको टिकट पाएपछि एमाले छोडेर स्वतन्त्र उम्मेदवारी दिएका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*