संयोजकमा ओली ५ दिनभित्र दिनभित्र न्यूनतम साझा कार्यक्रम बनाउने सहमति

वेलकम खबर
पुस १४, २०७९

काठमाडौं । सत्ता साझेदार दलहरुले ५ दिनभित्र न्यूनतम साझा कार्यक्रम बनाउने सहमति गरेका छन् । बिहीबार बसेको बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई संयोजक समेत तोकेको छ ।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेका अनुसार हरेक दलका एकरएक जना रहने यो संयन्त्रको बैठक भोलि नै बस्न सक्छ ।ओली नेतृत्वको संयन्त्रले पाँच दिनभित्र सरकारको न्यूनतम साझा कार्यक्रम बनाउने सहमति पनि भएको छ ।
प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी भएको बैठकमा मन्त्रालय भागवण्डाबारे पनि छलफल भएको थियो । ‘मन्त्रिपरिषद विस्तार गर्दा क्षमताका आधार विस्तार गर्ने भन्ने छलफल भयो,’ लामिछानेले भने, ‘न्यूनमत साझा कार्यक्रमले धेरै कुरा तय गर्छ ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*