ताप्लेजुङको मेरिङदेन तीन घर जल्दा ७५ लाख बढीको क्षति

वेलकम खबर
पुस १३, २०७९

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाँउपालिका १ थङथापुमा बल बहादुर लिम्बुको भान्सा घरबाट अचानक निस्केको आगोले ३ घर जलेर नस्ट भएका छन । मेरिङदेन १ थिङलाबुको थुङथापमा बुधबार बिहान करिव ८ : १५ बजेको समयमा भएको आगलागिका कारण बल वहादुर लिम्बु , बिरध्वज लिम्बु र भक्त बहादुर लिम्बुको घर जलेर नस्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
तिन बटा ढुङगा माटो बाट बनेको २ तले घर पुर्ण रूपमा जलेर नस्ट भएका छन् । आगलागीबाट बल बहादुर लिम्बुको घरमा रहेको किराना पसल अन्नपात , नगद रु ५० हजार , अलैची ९ मन र लत्ताकपडा अन्दाजी ४० लाख , विर ध्वोज लिम्बुको अन्नपात , लत्ताकपडा अन्दाजी १० लाख र भक्त बहादुर लिम्बुको २५ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । आगलागीका कारण मानवीय र चौपायको क्षति नभएको जनाईएको छ । आगो स्थानीय बासी प्रहरीको सहयोगमा १२ : ३० बजे पुर्ण रुपमा नियन्त्रणमा ल्याएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*