नेपाली सेनाको प्रवक्तामा भण्डारी, सिलवालको सरुवा

वेलकम खबर
पुस १२, २०७९

काठमाडौ । नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायक रथी कृष्णप्रसाद भण्डारीले पाएका छन्।
सैनिक प्रवक्तामा कार्यरत सहायक रथी नारायण सिलवाललाई सैनिक मुख्यालयकै अर्को विभागमा सरुवा गरेर भण्डारीलाई प्रवक्ताको जिम्मेवारी दिइएको हो। यसअघि सहायक रथी भण्डारी झापास्थित २१ नम्बर बाहिनीमा कार्यरत थिए। भण्डारी एक वर्षअघि मात्रै महासेनानीबाट सहायक रथीमा बढुवा भएका थिए।
भण्डारीले यसअघि पनि सूचना तथा जनसम्पर्क निर्देशनालयमा बसेर काम गरेका थिए। सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयबाट सरुवा भएका सिलवालले एक वर्ष अघि प्रवक्ताको जिम्मेवारी पाएका थिए।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*