ख्रीष्टमस उत्सव तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

वेलकम खबर
पुस ११, २०७९

गंगा लिङखिम,ताप्लेजुङ। ख्रीष्टमस उत्सव तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ५ को ख्रीष्टिय  वत्तिस मण्डलीमा विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको हो ।

ताप्लेजुङ ख्रिष्टियन वत्तिस मण्डलीको आयोजनामा आइतबार भएको उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा जिल्ला समन्वय समिति ताप्लेजुङका प्रमुख छिरिङ लामाको उपस्थित रहेको थियो । यस्तै विष्टि अतिथिमा फुङलिङ नगरपालिकाको उपमेयर भिमा देवी ओझा सँगै मेरिङ्देन गाउँपालिकाको अध्यक्ष डम्बर हाङ्गाम सहित विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

प्रभु येशू ख्रीष्टको जन्म उत्सवको अवसरमा उक्त कार्यक्रमको आयोजना गरिएको ख्रीष्टिय वत्तिस मण्डलीले जनाएको छ । हरेक बर्ष डिसेम्बर २५ र नेपालीमा पौष १० गतेलाई ख्रीष्टमस पर्वको रुपमा मनाउने गरिन्छ ।

ख्रीष्टमस इसाईहरूको एक महान् पर्वको रुपमा चिनिन्छ । येशूको जन्मोत्सवको रुपमा ख्रीष्टमसलाई मनाउने गरिन्छ । येशूलाई संसारको ज्योति भनेर चिनिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*