योगेश भन्छन् : ओलीले कुशलतापूर्वक नेतृत्व गर्नुभयो, परिणाम आयो

वेलकम खबर
पुस १०, २०७९

काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओलीले कुशलतापूर्वक नेतृत्व गरेका कारण परिणाम आएको बताएका छन् ।

एमालेसहितका दलको समर्थनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बन्ने सहमति भए लगत्तै उनले ट्वीट गरेका छन्, ‘२०७९ पुस ७ गते बिहान भएको नेकपा एमाले केन्द्रीय सचिवालयको बैठकको मुल स्पिरिट यहि थियो जसलाई अध्यक्ष कमरेड केपी ओलीले कुशलतापूर्वक नेतृत्व गर्नुभयो, परिणाम आयो ।’चुनाब गराउनेको बहुमत नआउनुलाई नयाँ बिकल्पमा जाने जनादेश भन्दै उनले लेखेका छन्, ‘संसदीय लोकतन्त्र भएका मुलुकमा यसलाई स्वभाविक मान्नु पर्छ ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*