पुष्पकमल दाहाल ‘प्रचण्ड’ तेस्रोपटक प्रधानमन्त्रीमा नियुक्त, शपथ भोलि

वेलकम खबर
पुस १०, २०७९

काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त भएका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रचण्डलाई नेपालको प्रधानमन्त्री पदमा नियुक्त गरेकी हुन्।

नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र तीन जना स्वतन्त्र सांसदको समर्थनमा माओवादी अध्यक्ष दाहाल तेस्रोपटक प्रधानमन्त्री नियुक्त भएका हुन्। उनी यसअघि २०६५ साउनदेखि २०६६ वैशाख २१ गतेसम्म र २०७३ साउन १९ देखि २०७४ जेठ २३ गतेसम्म प्रधानमन्त्री बनेका थिए ।

सत्ता गठबन्धनमा नेपाली कांग्रेससँग सहमति नभएपछि आइतबार मात्रै एमालेलगायत दलसँग गठबन्धन गर्दै प्रचण्ड मुलुकको ४४ औं प्रधानमन्त्री भएका हुन्।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबी साढे २, साढे २ वर्ष सरकारको नेतृत्व गर्ने सहमति भएसँगै दाहाल प्रधानमन्त्रीमा नियुक्त भएका हुन्।

नवनियुक्त प्रधानमन्त्री दाहालले भोलि (सोमबार) दिउँसो ४ बजे राष्ट्रपति भवन शीतलनिवासमा पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष शपथग्रहण गर्नेछन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*