११ जना सांसदलाई बधाई दियो ताप्लेजुङ सरोकार केन्द्रले

वेलकम खबर
पुस ८, २०७९

ताप्लेजुङ । ताप्लेजुङमा जन्म भई प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यमा निर्वाचित भएका ११ जनालाईबधाई तथा शुभकामना दिएको छ ।
ताप्लेजुङ सरोकार केन्द्र काठमाडौंले ताप्लेजुङमा जन्म भई विभिन्न पार्टीबाट प्रतिनिधिसभा तथा प्रदेशसभामा निर्वाचित तथा समानुपातिक तर्फबाट प्रतिनिधित्व गर्ने ११ जना सांसदलाई शुक्रवार काठमाडौमा बधाई तथा शुभकामना दिएको हो ।

सम्मानित हुनेमा एमालेबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित योगेश भट्टराई, नेपाली काग्रेसबाट प्रतिनिधिसभा सदस्यमा तेह्रथुमबाट निर्वाचित सिता गुरुङ, नेकपा एमालेका प्रतिनिधिसभा सदस्य समानुपातिक, उर्मिला थेवे, नेपाली काग्रेसबाट प्रतिनिधिसभा सदस्य समानुपातिक लिला बोखिम,जनता समाजवादी पार्टी प्रतिनिधिसभा सदस्य समानुपातिक ।शुशिला श्रेष्ठ, नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्यमा झापा २ बाट निर्वाचित देवराज घिमिरे, , नेकपा एमाले ताप्लेजुङ प्रदेशसभा क बाट निर्वाचित तिलकुमार मेन्याङवो,नेपाली काग्रेस ताप्लेजुङ प्रदेशसभा सदस्य खबाट निर्वाचित खगेनसिङ हाङगामलाई बधाई तथा शुभकामना दिएको सरोकार केन्द्रका अध्यक्ष टंक श्रेष्ठले बताउनुभयो ।
त्यस्तै सम्मानित हुनेहरुमा जनता समाजबादी पार्टी प्रदेश न १ बाट प्रदेसभा सदस्य समानुपातिक निर्मला तावा लिम्बु नेपाली काग्रेस बागमति प्रदेशसभा सदस्य समानुपातिक याङकिला शेर्पा, नेपाली काग्रेस बागमति प्रदेशसभा सदस्य समानुपातिक मिना पोखरेललाई बधाई तथा शुभकामना दिएको सरोकार केन्द्रसरोकार केन्द्र महासचिव सन्तोष मादेनले जानकारी दिनुभयो ।

१४ जनालाई बधाई तथा शुभकामना प्रदान गर्ने भनेता पनि झापा ४ वाट नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभामा निर्वाचित लालबहादुर साँवा, नेकपा एमाले प्रदेश न १ प्रदेशसभा सदस्य समानुपातिक ।मालती लिम्बू, नेपाल काग्रेस प्रदेसभा १ बाट प्रदेशसभा सदस्य समानुपातिक शोभा चेम्जोङ कार्यक्रममा उपस्थित हुन नसकेको सरोकार केन्द्रका उपमहासचिव पदम आङबहाङले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*