साईललाई जिताउन ताप्लेजुङ सरोकार केन्द्रको सहयोग

वेलकम खबर
पुस ८, २०७९

काठमाडौ । ताप्लेजुङ सरोकार केन्द्रले भ्वाईस अफ नेपाल सिजन ४ का फाईनलमा पुगेका ताप्लेजुङका साईल लिम्बुलाई जिताउन आर्थिक सहयोग गरेको छ ।
ताप्लेजुङ सरोकार केन्द्रले आज ५३ हजार ७ सय सहयोग गरेको हो । सरोकार केन्द्रले हालै निर्वाचितप्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यमा निर्वाचित ताप्लेजुङका सांसदहरुलाई बधाई तथा शुभकामना दिने कार्यक्रमम फाईनलमा पुगेका ताप्लेजुङका साहिल लिम्बुलाई सरोका केन्द्रका अध्यक्ष टंक श्रेष्ठले सो रकम हस्तान्तरण गर्नु भएको हो ।
सो रकम कार्यक्रम उपस्थित सांसदहरु ९ जना ताप्लेजुङ सरोकार केन्द्रका पदाधिकाकारी तथा अन्यबाट संकलन गरेर सहयोग गरेको सरोकार केन्द्रका महासचिव सन्तोष मादेनले बताउनुभयो । भ्वाईस अप नेपाल सिजन ४ का फाईनल आजै राती हुदै छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*