अर्को हप्तामा पाथीभरामा पानी
ताप्लेजुङ । नेपालकै प्रसिद्ध तीर्थस्थल पाथीभरामा खानेपानी पुर्याउने काम अन्तिम चरणमा पुगेको छ । फुरुम्बुको काफ्लेपार्टी नजिकैको बलुडाँडा ,फेदी ,दोवाटो र नयाँचौतारामा निर्माण भएको खानेपानी ट्याङ्कीवाट पानी पम्पिङ सम्पन्न भएपछि खानेपानी पाथीभरा क्षेत्रमा पुग्ने पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणी काफ्लेले जानकारी दिनुभयो ।
नेपाल विधुत प्रधिकरण ताप्लेजुङ वितरण शाखाले अब उक्त स्थानवाट पम्पिङका लागि उपकरण पठाएपछि कार्य सम्पन्न गरिने निर्देशक काफ्लेको भनाई छ । बलुडाँडाकालागि थ्री फेज स्मार्ट मिटर ५० केभीएको ,फेदीकालागि २५ केभीएको ,दोवाटोका लागि २५ केभीएको र नयाँचौताराकालागि २५ केभीएको उपकरण उपलल्ध गराउन प्राधिकरण ताप्लेजुङ वितरण शाखालाई बुधवार पत्रचार गरि सकिएको छ । आउदो हप्ता भित्र खानेपानी पाथीभरा मन्दिर क्षेत्रमा परिक्षण गर्ने क्षेत्र विकास समितिको तयारी रहेको छ ।

देश विदेशवाट दर्शनार्थीको घुँईचो लाग्ने मन्दिर क्षेत्रमा खानेपानीको व्यवस्था नहुदाँ सास्ती वेहोर्नुपर्ने अवस्थाको अन्त्य हुने क्षेत्र विकास समितिले विश्वास लिएको छ ।



















