१४ जना सांसदलाई सम्मान गर्दै सरोकार केन्द्र

वेलकम खबर
पुस ७, २०७९

काठमाडौ । ताप्लेजुङमा जन्म भई प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यमा निर्वाचित भएका १४ जनालाई काठमाडौमा सम्मान गर्ने भएको छ ।
ताप्लेजुङ सरोकार केन्द्र काठमाडौंले ताप्लेजुङमा जन्म भई विभिन्न पार्टीबाट प्रतिनिधिसभा तथा प्रदेशसभामा निर्वाचित तथा समानुपातिक तर्फबाट प्रतिनिधित्व गर्ने १४ जना सांसदलाई  पौष  ८ गते शुक्रवार काठमाडौमा बधाई तथा सम्मान गर्न लागेको ताप्लेजुङ सरोकार केन्द्रका अध्यक्ष टंक श्रेष्ठले बताउनुभयो ।
सम्मानित नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित योगेश भट्टराई, नेपाली काग्रेसबाट प्रतिनिधिसभा सदस्यमा तेह्रथुमबाट निर्वाचित सिता गुरुङ, नेकपा एमालेका प्रतिनिधिसभा सदस्य समानुपातिक, उर्मिला थेवे, नेपाली काग्रेसबाट प्रतिनिधिसभा सदस्य समानुपातिक लिला बोखिम,जनता समाजवादी पार्टी प्रतिनिधिसभा सदस्य समानुपातिक .शुशिला श्रेष्ठ, नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्यमा झापा २ बाट निर्वाचित देवराज घिमिरे, नेकपा एमाले प्रतिनिधिसभा सदस्यमा झापा ५ बाट निर्वाचित लालप्रसाद साँबा, नेकपा एमाले ताप्लेजुङ प्रदेशसभा क बाट निर्वाचित तिलकुमार मेन्याङवो,नेपाली काग्रेस ताप्लेजुङ प्रदेशसभा सदस्य खबाट निर्वाचित खगेनसिङ हाङगामलाई सम्मान गर्ने सरोकार केन्द्रले जनाएको छ ।

त्यस्तै सम्मानित हुनेहरुमा जनता समाजबादी पार्टी प्रदेश न १ बाट प्रदेसभा सदस्य समानुपातिक निर्मला तावा लिम्ब,ू नेपाली काग्रेस बागमति प्रदेशसभा सदस्य समानुपातिक याङकिला शेर्पा, नेकपा एमाले प्रदेश न १ प्रदेशसभा सदस्य समानुपातिक .मालती लिम्बू, नेपाल काग्रेस प्रदेसभा १ बाट प्रदेशसभा सदस्य समानुपातिक शोभा चेम्जोङ र नेपाली काग्रेस बागमति प्रदेशसभा सदस्य समानुपातिक मिना पोखरेललाई सरोकार केन्द्रले एक कार्यक्रम आयोजना गरी बधाई तथा सम्मान गर्ने लागिएको सरोकार केन्द्र महासचिव सन्तोष मादेनले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*