प्रदेश १ का सिँचाइमन्त्री रामकुमार राईले राजीनामा दिए

वेलकम खबर
पुस ७, २०७९

काठमाडौं। प्रदेश नम्बर १ का खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री रामकुमार राईले पदबाट राजीनामा दिएका छन् । उनी ०७८ माघ २३ गते खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रीमा नियुक्त भएका थिए ।

प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका उनले मुख्यमन्त्री राजेन्द्रकुमार राईसमक्ष राजीनामा दिएका हुन् । खोटाङ जिल्लाबाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित राईले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।

उनी एमालेका विशाल भट्टराईलाई पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*