अन्तर्राष्ट्रिय अपराधी चार्ल्स शोभराजलाई कैदमुक्त गर्न सर्वोच्चको आदेश

वेलकम खबर
पुस ६, २०७९

काठमाडौं । कुख्यात अन्तर्राष्ट्रिय अपराधी चार्लस शोभराजलाई कैदमुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।

सर्वोच्च अदालतका न्यायाधीश सपना मल्ल प्रधान र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले अन्य मुद्दामा थुनामा बस्न नपर्ने भए आजैदेखि कैद मुक्त गर्न र पन्ध्र दिन भित्र आफ्नै देश फर्काउने व्यवस्था मिलाउन आदेश जारी गरेको छ।

शोभराजले दिएको बन्दी प्रत्यक्षीकरण मुद्दामा इजलासले १९ वर्ष कैद सजाय भोगिसकेको र ७८ वर्षको वृद्ध भएकाले उनले कानुनले दिएको सुविधा पाउनुपर्ने भनेर आदेशमा उल्लेख गरिएको छ।

सन् १९४४ अप्रिल ६ मा हाल भियतनाममा रहेको र तत्कालीन फ्रान्सको साइगोनमा जन्मेका शोभराज नेपालमा २०३२ पौष ८ सालमा मनहरा खोलानजिकै कोन्नी जो ब्रोन्जीचको हत्या गरेको पुष्टि भएपछि उनलाई काठमाडौँ र भक्तपुर जिल्ला अदालतले दोषी ठहर गरेका थिए।

२०६१ साल २८ साउनमा काठमाडौँ जिल्ला अदालतले शोभराजलाई हत्याको ठहर गर्दै जन्मकैदको सजाय सुनाएको थियो। सन् २००३ देखि केन्द्रीय कारागार सुन्धारामा कैद सजाय काटिरहेका शोभराजले बन्दी प्रत्यक्षीकरण मुद्दामा कानुनले दिएको सुविधा पाउनुपर्ने भनी मुद्धा दायर गरेका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*