कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा विजयी

वेलकम खबर
पुस ६, २०७९

काठमान्डैं । नेपाली कांग्रेस संसदीय दलको नेतामा पार्टी सभापतिसमेत रहेका शेरबहादुर देउवा विजयी भएका छन् ।

देउवाले डा। शेखर कोइराला नेतृत्वको समूहबाट उम्मेदवारी दिएका महामन्त्री गगन थापालाई पराजित गरेका हुन्।

निर्वाचन समिति स्रोतका अनुसार देउवाको पक्षमा ६४ मत खसेको छ। पराजित भएका गगनको पक्षमा २५ मत खसेको छ। देउवाले गगनलाई ३९ मतले पराजित गरेका हुन्।

तर यसको औपचारिक घोषणा हुन बाँकी छ। सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालय परिसरमा बिहान ८ बजेपछि सुरु भएको मतदान बिहान १० बजेतिर सकिएको थियो।

समानुपातिक सांसद माया राई सुत्केरी भएकाले ॐ हस्पिटलबाट मत ल्याइएको हो। अरुले सिंहदरबार पुगेर मतदान गरे।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*