नयाँ सरकार गठन गर्न राष्ट्रपतिले दिइन् ७ दिनको समय

वेलकम खबर
पुस ३, २०७९

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठन गर्न दलहरूलाई सात दिनको समय दिएकी छन्।
संविधानको धारा ७६ को २ अनुसार नयाँ सरकार गठन गर्न राष्ट्रपतिले आज समय दिएकी हुन्।पुस १० गते आइतबार साँझ ५ बजे भित्र सरकार गठन गर्न राष्ट्रपतिले समय दिएको राष्ट्रपतिको कार्यालयले विज्ञप्ति निकालेर जानकारी दिएको छ।

संविधानको धारा ७६ को उपधारा १ अनुसार कुनै दलको पनि एकल बहुमत नआएकोले धारा ७६ को उपधारा २ अनुसार सरकार गठन गर्न आह्वान भएको हो।

संविधानको धारा ७६ को उपधारा २ मा दुई वा दुईभन्दा बढी दल मिलेर सरकार बनाउन सक्ने उल्लेख छ। दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभा सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्न सक्ने व्यवस्था छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*