पत्रकारहरूको अदृष्य शक्ति देशको भष्टचारमा पनि पुग्न आवश्य छ : खगेन सिं हाङ्गाम

वेलकम खबर
मंसिर २९, २०७९

गंगा लिङ्खिम

ताप्लेजुङ । नवनिर्वाचित ताप्लेजुङ क्षेत्र नं.२ का प्रदेश सभा सदस्य खगेन सिं हाङगामले हिजो ५ वर्षको अभ्यासमा बन्न नसकेका कार्यहरूलाई पुरा गर्न पहल गर्ने बताएका छन् । विहीबार सम्पन्न भएको नेपाल पत्रकार महासंघ जिल्ला शाखा ताप्लेजुङको १०औं साधारण सभालाई सम्बोधन गर्दै प्रदेश सभा सदस्यको हैसियतले उक्त कार्य गर्ने बताएका हुन् ।

आफू सम्पूर्ण सरकारको विचमा भएको बताउँदै उने भने, ‘स्थानिय सरकार र संघिय सरकारको विचमा प्रदेश सरकार रहेको छ । उक्त सरकारको बिचमा रहेर मैले गर्नु पर्ने निति नियम देखि विकाशका कार्य सँगै ताप्लेजुङका हितका लागि हुने सम्पूर्ण कार्यमा भूमिका निर्वाह गर्ने छु ।’

यसै विच उनले पत्रकारहरूको दोस्रो आखा क्यामरा रहेको भन्दै पत्रकारहरूको दोस्रो आखा क्यामराका ढकनहरु बन्द हुन नदिन आग्रह गरे । साथै लोकतन्त्रमा बसेका पत्रकारहरूको हेर्ने दृष्टिकोण पनि स्वतन्त्र हुन पर्ने बताए ।

यो सँगै पत्रकारहरूको अदृष्य शक्ति देशको भष्टचारमा पनि पुग्न आवश्य रहेको बताउँदै विकाशका कामको पहल कदमिमा पनि पत्रकारहरुले महत्वपूर्ण भुमिका निर्वाह गर्नेमा आफू विश्वस्त रहेको बताए ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*