आजदेखि हट्यो निर्वाचन आचारसंहिता

वेलकम खबर
मंसिर २६, २०७९

काठमाडौ । निर्वाचन आयोगले आजदेखि निर्वाचनसम्बन्धी आचारसंहिता हटेको बताएको छ।प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि गत असोज १२ गतेदेखि देशैभर आचारसंहिता लागु गरिएको थियो।

उक्त आचारसंहिता मंसिर २६ गते सोमबारदेखि लागु नरहेको निर्वाचन आयोगले जनाएको छ। यसबारे जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र सम्पूर्ण मन्त्रालयहरू तथा संवैधानिक निकायमा जानकारी गराइसकिएको आयोगले बताएको छ।

गत मंसिर ४ मा प्रतिनिधि सभा र प्रदेश सभा चुनाव भएको थियो। आयोगले निर्वाचन मरिणामबारे एक साताभित्र राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रतिवेदन पेश गर्ने पनि बताएको छ। आचारसंहिताका कारण विकास निर्माणका कार्यक्रम तथा कर्मचारीका सरूवा, बढुवालगायत प्रभावित भएको थियो

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*