कैलालीमा भिनाजुद्वारा हँसिया प्रहारबाट सालाको हत्या, एक घाइते

वेलकम खबर
मंसिर २१, २०७९

धनगढी । कैलालीमा हँसिया प्रहारबाट एक युवकको हत्या भएको छ। जिल्लाको जोशीपुर गाउँपालिका–६ कुमारी बागका ३३ वर्षीय पदमराज भण्डारीको हँसिया प्रहारबाट मृत्यु भएको हो।

प्रहरीका अनुसार हँसिया प्रहारबाट घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको हो। हँसिया प्रहारबाट गम्भीर घाइते भएका भण्डारीलाई उपचारका लागि टीकापुर अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक ९डीएसपी० वेदप्रकाश जोशीले जानकारी दिए।
यस्तै हँसिया प्रहारबाट एक जना अर्का पनि घाइते छन्। डिएसपी जोशीका अनुसार ४० वर्षीय जयराज भण्डारी गम्भीर घाइते भएका हुन्।अहिले उनको टीकापुरमा उपचार सम्भव नभएपछि थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुर रेफर गरिएको छ।

मृतकका भिनाजु नाता पर्ने सोही ठाउँका ५० वर्षीय गौरीलाल ढुङ्गानाले उनीहरुमाथि हँसिया प्रहार गरेको प्रहरीको दाबीको छ। उनको खोजी कार्य र घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*