समानुपातिकमा अहिलेसम्म कसले कति मत पायो ?

वेलकम खबर
मंसिर १४, २०७९

काठमाडौं । प्रतिनिधिसभाको समानुपातिकतर्फको मतगणना जारी छ । साँझ ८ बजेसम्मको मतपरिणामअनुसार समानुपातिकतर्फ नेकपा ९एमाले०ले अग्रता कायमै राखेको छ ।
एक करोड एक लाख ७१ हजार २७३ सदर मतमध्ये एमालेले २७ लाख २० हजार ६३९ मत प्राप्त गरेको छ ।
दोस्रोमा रहेको नेपाली कांग्रेसले २५ लाख ८५ हजार ९०, नेकपा (माओवादी केन्द्र)ले ११ लाख ५३ हजार ४४३, राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख चार हजार २४५, राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ७९ हजार २७५ मत पाएको छ ।

यसैगरी जनता समाजवादी पार्टीले चार लाख आठ हजार ९६४, जनमत पार्टीले तीन लाख ७६ हजार १९९, नेकपा (एकीकृत समाजवादी) ले दुई लाख ९० हजार १९६ र नागरिक उन्मुक्ति पार्टीले दुई लाख ६८ हजार ४३६ मत प्राप्त गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*