ताप्लेजुङका नवनिर्वाचित सासदले लिए निर्वाचित भएको प्रमाणपत्र
ताप्लेजुङ । नव निर्वाचित प्रतिनिधी सभा सदस्य योगेश भटटराई साथै प्रदेश सभा सदस्यहरु तिलकुमार मेन्याङबो र खगेनसिंह लिम्बुले निर्वाचित भएको प्रमाणपत्र आज मुख्य निर्वाचन अधिकृत निर्मला योङयाबाट ग्रहण गरेका छन् ।
नेकपा एमालेबाट उम्मेद्धार रहेका केन्द्रिय सचिब योगेश भटटराईले बाम लोकतान्त्रिक गठबन्धनकाका उम्मेदवार माओबादी केन्द्रका उम्मेदवार खेल प्रसाद बुढाक्षेत्रीलाई २०८ मतले पछि पादै निर्वाचित भएका हुन । त्यस्तै तिल कुमार मेन्याङ्वोलेले प्रदेश (क) लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार एकिकृत समाजबादीका खेमहादुर वनेमलाई ४ हजार ३९ मतान्तरले पराजित थिए । प्रदेश सभाबाट (ख) लोकतान्त्रिक बाम गठबन्धनकाका उम्मेदवार काँग्रेसका खगेनसिंह हाङगाम विजयी भएका थिए । उनले एमाले उम्मेदवार गोपाल थोप्रालाई पराजित गरेका हुन ।



















