रविको कीर्तिमानी जित

म्यान अफ द ईलेक्सन बने
वेलकम खबर
मंसिर ८, २०७९

काठमाडौं । चितवन(२ )मा राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति रवि लामिछानेले कीर्तिमानी जित हासिल गरेका छन् ।
निकटतम प्रतिस्पर्धी कांग्रेस उम्मेदवार उमेश श्रेष्ठलाई फराकिलो मतान्तरले पराजित गर्दै रविले कीर्तिमानी जित बनाएका हुन् ।
लामिछाने ३४ हजार १ सय ७० बढी मतले विजयी भएका छन् । लामिछानेले ४९ हजार २६१ मत ल्याएका छन् । सत्तारूढ गठबन्धनका उम्मेदवार उमेश श्रेष्ठको १५ हजार ९९ मत आएको छ गत असारमा पार्टी गठन गरेर उनी छोटो समयमा सांसदमा पुगेका हुन् ।

यस पटकको निर्वाचनमा सबैभन्दा बढी मतान्तरको जित्न निकाल्ने रविको नाममा रहनेछ । यस अघि भक्तपुर(१ बाट नेमकिपाका सचिव प्रेम सुवालको ३० हजार ७९३ मतान्तर छ। भने झापा ५ मा एमाले अध्यक्ष केपी शर्मा ओली २८ हजार ५७६ मतान्तरले विजयी भएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*