ताप्लेजुङ दुईमा एमाले, एकमा कांग्रेस

वेलकम खबर
मंसिर ८, २०७९

ताप्लेजुङ । एक प्रतिनिधिसभा दुई प्रदेशसभा रहेको ताप्लेजुङमा दुई ठाँउमा नेकपा एमालेले जित हात पारेको छ । प्रतिनिधिसभामा नेकपा एमालेका सचिव योगेश भट्टराई  विजेता बन्नु भएको छ । प्रदेशसभा (क)मा एमालेका पोलिटब्युरो सदस्य तिलकुमार मेन्याङबो निर्वाचित हुन भएको हो ।
सचिव भट्टराईले बाम लोकतान्त्रिका गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य खेलप्रसाद बुढाक्षेत्री परागलाई २ सय ८ मतले पराजित गदै विजेता बन्नु भएको हो  । भट्टराईले २१ हजार ९४३ मत प्राप्त गर्दा परागले २१ हजार ७ ३५ मत प्राप्त गर्नु भएको थियो ।
त्यस्तै बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार  एकीकृत समाजबादीको जिल्ला इन्चार्ज खेम बनेमलाई ३८ सय ९ मतान्तरले हराउँदै एमालेका मेन्याङ्बो निर्वाचित हुन भएको हो । मेन्याङ्बोलाई १२ हजार २८९ मत प्राप्त गर्दा वनेमले ८ हजार ४८० मत प्राप्त गर्नु भएको थियो ।
उता प्रदेश (ख)मा नेकपा एमालेका उम्मेदवार गोपाल थोप्रालाई हराउँदै बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि  खगेनसिं हाङगाम निर्वाचित हुन भएको छ । हाङगामले एक हजार २४० मतान्तरले थोप्रालाई हराउनु भएको हो । हाङगामले १० हजार ४९६ मत प्राप्त गरी विजयी हुदाँ ९ हजार २४८ मत प्राप्त गर्नु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय ताप्लेजुङले जनाएको छ ।

 

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*