एमालेको विरासत तोडदै ताप्लेजुङ ख मा काग्रेसको हाङगाम विजयी
ताप्लेजुङ । ताप्लेजुङमा प्रदेशसभा ख मा र नेपाली काग्रेसका उम्मेदवार विजेता बन्नु भएको छ ।
भर्खरै सार्वजनिक भएको मतपरिणाम अनुसार ताप्लेजुङ ख मा बामलोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाली काग्रेसका खगेनसिं हाङगामले विजयी हुन भएको हो । हाङगामले नेकपा एमालेको उम्मेदवार गोपाल थोप्रा भन्दा एक हजार २ सय ४८ बढी मत प्राप्त गर्नु भएको थियो ।
थोप्राले ९ हजार २ सय ४८ मत प्राप्त गर्दा हाङगामले दश हजार ४९६ मत प्राप्त गरी विजयी बनेको मुख्य निर्वाचन अधिकृतको कार्यालय ताप्लेजुङले जनाएको छ । सो क्षेत्र नेकपा एमालेले ३१ बर्ष देखि लगातार जित्दै आएको क्षेत्र हो । यता क क्षेत्रको भने मतगणना अन्तिम चरणमा पुगेको छ ।



















