योगेश भट्टराई ताप्लेजुङबाट दोश्रो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित

वेलकम खबर
मंसिर ७, २०७९

ताप्लेजुङ । ताप्लेजुङमा नेकपा एमालेका सचिव योगेश भट्टराई प्रतिनिधिसभा सदस्यमा दोश्रो पटक पुन ताप्लेजुङ निर्वाचित हुन भएको छ ।
गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका खेलप्रसाद बुडाक्षेत्री (पराग)लाई २०८ मतले पछि पार्दै भट्टराई निर्वाचित भएका हुन् ।

भट्टराईले २१ हजार ९४३ मत प्राप्त गर्नु भएको छ । त्यस्तै बुढाक्षेत्रीले २१ हजार ७३५ मत प्राप्त गर्नु भएको छ ।
बिहानसम्म १ हजार बढिले अग्रता लिएका बुढाक्षेत्री फुङलिङ नगरपालिकाको मतगणनाबाट पछि परेका थिए ।
भट्टराई अघिल्लो निर्वाचनमा समेत प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । ताप्लेजुङमा यस पटक कुल ८८ हजार २८५ मतदाता रहेकोमा आईतबार सम्पन्न निर्वाचनमा ४८ हजार ३५५ मत खसेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*