ताप्लेजुङमा मतगणना शुरु, योगेश भट्टराईको शुरुवाती अग्रता

वेलकम खबर
मंसिर ६, २०७९

 

ताप्लेजुङ । ताप्लेजुङमा प्रतिनिधिसभा तर्फको मतगणना शुरु भएको छ । फक्ताङलुङ ७ ओलाङचुङगोला र याङमा केन्द्रको मतगणना शुरु भएको हो । सो केन्द्रमा खसेको  १०९ मत मध्ये नेकपा एमालेका उम्मेदवार योगेश भट्टराईले ६८ मत बामलोकतान्त्रिक गठबन्धनका उम्मेदवार खेलप्रसाद बुढाथोकी ३३ प्राप्त गरेका छन ।
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार राम कार्कीले २ मत जनता समाजबादी पार्टी नेपालका चन्द्र मादेनले १ मत लोकतान्त्रिक समाजबादीका चैतन्यप्रकाश केदेमले १ मत प्राप्त गर्नुभएको छ । गणना गरिको मध्ये ४ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । अहिले लेलेपको ८२४ र पाथीभरा याङ्वरक डुमृशेको ५३० मत गणना हुँदै छ । ताप्लेजुङमा ४८ हजार ३ सय ५५ मत खसेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*