ताप्लेजुङमा मतगणना भोलिबाट मात्रै

वेलकम खबर
मंसिर ५, २०७९

ताप्लेजुङ . ताप्लेजुङको मतगणना मंगलबारबाट मात्रै हुने भएको छ। उत्तरी फक्ताङ्लुङ गाउँपालिका ६ र ७ का चार स्थानको मतपेटिका संकलन भई नसकेको कारण मतगणना ढिलो हुन लागेको हो।

मतपेटिका ढुवानीका लागि हेलिकप्टर नआउने भएकाले अब ती क्षेत्रको मतपेटिका छिटोमा मंगलबार बिहानसम्ममा मात्र आइपुग्ने सम्भावना छ। फक्ताङलुङ गाउँपालिका–७ को ओलाङचुङगोला, याङ्मा तथा वडा नं. ६ को ग्याब्ला र घुन्साको मतपेटिका मंगलबार बिहान मात्र आइपुग्ने सम्भावना छ। हेलिकप्टरमार्फत ल्याउने भनिएतापनि पैदलमार्ग मार्फत नै ल्याउनुपर्ने भएको प्रमुख जिल्ला अधिकारी महेश कुमार पोखरेलले जानकारी दिए। प्रजिअ पोखरेलले भने, ‘इलाडाँडामा ४ वटै मतदान केन्द्रको मतपेटिका संकलन हुन्छ। त्यहाँबाट गाडीमा सोमवार बेलुकी आइपुग्छ।’मुख्य निर्वाचन अधिकृत कार्यालयले मतपेटिका आईपुगेपछि मतणना शुरु गर्ने जनाएको छ ।

बाँकी १ सय १९ वटा मतदान केन्द्रको मतपेटिका बिहान सोमबार बिहान ३ बजे सदरमुकाम ल्याइएको छ। जिल्लामा ४८ हजार ३ सय ५५ मत खसेको निर्वाचन अधिकारी दिनेश खनालले बताए। जुन ५५ प्रतिशत मत हो। ८८ हजार २ सय ८५ वटा मतदाता थियो। याङ्मामा १६ जना, ओलाङचुङगोलामा ९७ जना, घुन्सामा ६० जना र ग्याब्लामा २२ जनाले मतदान गरेका छन्।

ओलाङचुङगोलामा २ सय ८४ र याङमामा ६१ जना मतदाता थिए। ग्याब्लामा ६७ जना मतदाता र घुन्सामा १ सय ६९ जनाको मतदाता नामावलीमा नाम उल्लेख छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*