उच्च असन्तुष्टि, न्यून मतदान
मौलाउँदो भ्रष्टाचार, कमजोर पूर्वाधार र दोहोरिने उम्मेदवारका कारण संसदीय निर्वाचनमा २०४८ यताकै सबैभन्दा कम सहभागिता
काठमाडौँ — संविधान जारी भएपछिको दोस्रो आमनिर्वाचनमा निराशाजनक मतदान भएको छ । निर्वाचन आयोगले आइतबार साँझ दिएको प्रारम्भिक विवरणअनुसार करिब ६१ प्रतिशत मात्र मतदान भएको छ । यो ५ वर्षअघिको आमनिर्वाचनको तुलनामा करिब ७ प्रतिशतले कमी हो ।काठमाडौँ — संविधान जारी भएपछिको दोस्रो आमनिर्वाचनमा निराशाजनक मतदान भएको छ । निर्वाचन आयोगले आइतबार साँझ दिएको प्रारम्भिक विवरणअनुसार करिब ६१ प्रतिशत मात्र मतदान भएको छ । यो ५ वर्षअघिको आमनिर्वाचनको तुलनामा करिब ७ प्रतिशतले कमी हो ।
अहिले भएको मतदान ७ महिनाअघि भएको स्थानीय निर्वाचनभन्दा पनि झन्डै ९ प्रतिशत कम हो । स्थानीय निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाता रहेकामा ७०.९६ प्रतिशत अर्थात् एक करोड २५ लाख ८३ हजार ८ सय ५० मत खसेको थियो ।
यसपटक प्रदेश १ मा सबैभन्दा कम ५७ प्रतिशत र मधेसमा सबैभन्दा बढी ६५ प्रतिशत मतदान भएको छ । आयोगले दिएको जानकारीअनुसार वाग्मतीमा ६१.५, गण्डकीमा ६०, लुम्बिनीमा ६०, कर्णालीमा ६३, सुदूरपश्चिममा ५९.७७ प्रतिशत मतदान भएको छ । हिमाली जिल्लाको विवरण अद्यावधिक हुन बाँकी रहेको आयोगले जनाएको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आइतबार साँझ ८ बजेको पत्रकार सम्मेलनमा ६१ प्रतिशत मतदान भएको जानकारी दिए पनि आयोगको प्रणालीमा ५९.७५ प्रतिशत मात्रै मतदान भएको विवरण थियो । ‘मतदानको विवरण आयोगको सूचना प्रणालीमा प्रविष्टी हुने क्रम जारी छ । हालसम्मको प्रारम्भिक विवरणअनुसार करिब ६१ प्रतिशत मतदान भएको देखिएको हो,’ थपलियाले भने, ‘यो निर्वाचन आयोगले गरेको अपेक्षाभन्दा न्यून हो ।’

एमाले उपमहासचिव प्रदीप ज्ञवाली पनि आमनिर्वाचनमा राष्ट्रव्यापी उत्साह नदेखिएको स्वीकार गर्छन् । ‘राजनीतिप्रति मतदाताको वितृष्णा हो भनुँ भने स्थानीय तहमा त जनताको चासो देखिएको थियो, स्थानीय सरकार जनताको नजिकको सरकार भएर भरोसा गरेका हुन सक्छन्,’ उनले भने, ‘समग्रमा राजनीतिप्रति निराशा बढ्दो देखिन्छ । यसलाई दलहरूले गम्भीर रूपमा लिनुपर्छ ।’
एकीकृत समाजवादीका महासचिव बेदुराम भुसाल भने दलहरूबारे नकारात्मक प्रचार बढी भएका कारण जनतामा उत्साह नदेखिएको बताउँछन् । ‘मतदातालाई निराश बनाउने गरी नकारात्मक प्रचार बढी भयो, मतदातामा आफैंमा पनि अलि निराशा देखियो,’ भुसाल भन्छन् ।
गठबन्धन बनाएर चुनावमा जाँदा आफ्ना उम्मेदवार नभएको क्षेत्रमा कार्यकर्ता परिचालन कमजोर भएकाले मत कम खसेको हुन सक्ने आकलन पनि दलहरूले गरेका छन् । कांग्रेस प्रवक्ता प्रकाशशरण महत ‘पार्टीहरू अलग रूपमा लड्दा व्यापक रूपमा कार्यकर्ता परिचालन हुने कारणले धेरै मत खस्ने भए पनि गठबन्धन भएका क्षेत्रमा त्यस्तो क्रियाशीलतामा कमी आएकाले कम मत खसेको हुन सक्ने’ बताउँछन् ।यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित भएको छ ।