प्रचण्ड’को अस्थिरताका कारण बाम गठबन्धन टिक्न सकेन : एमाले सचिव भट्टराई
ताप्लेजुङ । नेकपा एमालेका सचिव तथा ताप्लेजुङबाट प्रतिनिधिसभाका एमाले उम्मेदवार योगेश भट्टराईले माओवादी नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’को अनावश्यक महत्वाकाँक्षा तथा चरम अस्थिरताका कारण बाम गठबन्धन टिक्न नसकेको बताएका छन् । तर उनले जनताको बहुदलिय जनवादको मूल सिद्धान्तको आधारमा निकट भबिष्यमै माओवादी सहितका कम्युनिष्ट शक्तिहरु एमालेको नेतृत्वमा बृहत्त बाम एकतामा आएरै छाड्ने दावी गरे ।

एमाले फुङलिङ नगर कमिटीले ताप्लेजुङ सदरमुकाम फुङलिङमा बिहीबार आयोजना गरेको अन्तिम चुनावीसभालाई सम्बोधन गर्दै नेता भट्टराईले भने‘पार्टी भित्रै समस्याको हल खोज्न नसकेर पार्टी बिभाजन गर्नुमा प्रचण्ड आफैं दोषी हुन्’। पार्टी एकता किन टिकेन,सरकार निक ढल्यो यि सबै प्रश्न नेपाली समाजमा रहेपनि पार्टीभित्रका समस्या हल गर्नुको सट्टा पार्टीलाई बिभाजनको तहसम्म पु¥याउनु राम्रो बिषय नभएको भट्टराईको भनाई थियो । अध्यक्ष केपी शर्मा ओली र एमाले पार्टीलाई गाली गर्ने हक प्रचण्डमा नभएको भट्टराईले जिकिर गरे ।‘प्रचण्ड जी हिजोमात्र हाम्रै जिल्लाको तोक्मेमा आएर भाषण गरेर फर्किनु भएछ,हाम्रो जस्तो दुर्गम जिल्लामा देशको शीर्षस्थ नेतृत्व आउनु स्वागतयोग्य कुरा हो’भट्टराईले भने‘तर संसद बिगठनको सतही बहसको आवरणमा एमाले र हाम्रो पार्टीका अध्यक्ष केपी शर्मा ओली बिरुद्ध गरिएका नकारात्मक टिप्पणी बेकुत मात्र हुने छ’। कुनैपनि कालखण्डको संसद बिगठन सुखीको कुरा नहुने स्मरण गर्दै अब कहिल्यै त्यस्तो नहोस् भन्नका लागि सुद्रिढ राष्ट्रियता अनिवार्य भएको बताए ।

सार्वभौम नेपालीको शिर ठाडो पार्न,सीमाको रक्षा गर्न,मिचिएको सीमाक्षेत्र फिर्ता ल्याउन सकेमा सुद्रिढ राष्ट्रियता सम्भव हुने बताउँदै त्यो कार्य एमालेको नेतृत्वमा मात्र सम्भव हुने भएकोले मंसिर ४ गतेको निर्वाचनमार्फत जनताले एमालेलाई मत दिनुपर्ने भट्टराईको भनाई थियो ।
गठबन्धन सरकार बनेपछि धराशायी भएको देशको अर्थतन्त्र माथि उठाउन,शान्ति र समृद्धिको प्रकट चाहना पूरा गर्न,श्रम बजारमा जाने लाखौं युवायुवतीलाई स्वामीमनलाई माथि उठाई स्वदेशमै रोजगारी सृजना गर्न,सबै जाति जनजाति सामाजिक एकतामा आवद्ध गराउँदै बलियो राष्ट्रियताको आधार तयार गर्न एमालेलाई जनताले मत दिनुपर्ने भट्टराईको भनाई थियो । कार्यक्रममा एमालेका पोलिटब्युरो सदस्य तथा प्रदेशसभा निर्वाचन क्षेत्र नं १ का उम्मेदवार तिलकुमार मेन्याङ्वो, केन्द्रीय सदस्य पासाङ शेर्पा,युवा संघका महासचिव क्षितिज क्षेवे, एमाले ताप्लेजुङ अध्यक्ष भुपेन्द्र थेवे लगायतले सम्बोधन गर्नु भएको थियो भने कार्यक्रमम कमेडी च्याम्पीयन भरतमणि पौडेल,सुसन साम्सोहाङले मनोरन्जन प्रदान गर्नु भएको थियो ।




















