ओलीको कटाक्ष- माधव नेपालको पार्टी बनेकै छैन, नबनी सकिन्छ

वेलकम खबर
कार्तिक ३०, २०७९

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादी पार्टी र लोकतन्त्रिक समाजवादी पार्टी राष्ट्रिय दल नबन्ने दाबी गरेका छन्।

सुनसरीको लौकीमा भएको चुनावी सभालाई बुधबार सम्बोधन गर्दै अध्यक्ष ओलीले उक्त दाबी गरेका हुन्। ‘माधव नेपालको पार्टी त्यो पार्टी बनेकै छैन, नबनी सकिन्छ यो निर्वाचनमा। त्यो मंसिर ४ गतेसम्मको पार्टी हो। ठूला कुरा गर्ने ४ गतेसम्म हो। त्यसको आयु सिदियो, त्यो राष्ट्र पार्टी बन्दैन,’ ओलीले भने,‘लोसपा राष्ट्रिय पार्टी बन्नेवाला छैन। १,२ सिट जितेछ भने ठूलो कुरा हो,जित्तै जित्तैन। समानुपातिको मत कामै लाग्दैन। लोसपाले गलत बाटो लियो।’
लोसपाले मनोनयन दर्ता गर्नुपूर्व एमालेसँग गठबन्धनमा थियो। एमाले र जसपाबीच गठबन्धन बनेपछि लोसपाले सत्तागठबन्धनसँग चुनावी सहकार्य गरेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*