प्रदेश न १ को नाम किराँत राख्नुपर्छ : प्रचण्ड
ताप्लेजुङ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेश न १ को नाम किरात राख्नु पर्ने धारणा व्यक्त गर्नुभयो ।
ताप्लेजुङमा बुधवार वाम लोकतान्त्रिक गठबन्धनद्वारा आयोजित आमसभालाई सम्बोधन गदै अध्यक्ष प्रचण्डले किराँत कुनै जातीय नभएर सभ्यता भएको बताउँदै किरात प्रदेश नै राख्न उपयुक्त हुने राख्ने धारणा व्यक्त गर्नुभएको हो ।
त्यस्तै उहाँले गठबन्धनका तर्फबाट माओवादीका उम्मेदवार खेलप्रसाद बुडाक्षेत्री परागलाई लाई मन्त्री बनाउने आश्वासन दिनुभयो ।
दहालले अत्याधिक बहुमतले परागलाई जिताए पठाएमा मन्त्री बनाउने आश्वासन दिनु भएको हो । त्यस्तै अन्य प्रदेशसभा सदस्य ख का उम्मेदवार नेपाली कांग्रेसका खगेनसिह हागामलाई काग्रेसले र प्रदेश क उम्मेदवार खेमबहादुर बनेमलाई एकीकृत समाजवादी मन्त्री बनाउन माधव नेपालसँग कुरा गर्ने बचन दिनुभयो ।
ताप्लेजुङको तमोर करिडोर विराटनगर देखि रानी ताप्लेजुङको तिब्ताला सम्म जोड्ने काम गठबन्धनले तिब्र रुपमा अगाडी बढाउने आश्वासन दिदै प्रचण्डले ताप्लेजुङ जिल्ला सदरमुकाम देखि पालिका जोडने कालोपत्रेका लागि आजै प्रधानमन्त्री देउवासँग छलफल गर्ने बताउनुभयो ।
प्रचण्डले भौतिक विकास कृषि क्रान्ति मार्फत देशको विकास गर्ने बताउदै चाडै नै विस्तृत शान्ति प्रकृयालाई टुङोमा पुर्याउने समेत बताउनुभयो ।



















