योगेश भट्टराईको पहलमा ताप्लेजुङ्गको सडक निर्माणमा अरवौको बजेट

वेलकम खबर
कार्तिक २८, २०७९

नेकपा एमालेका सचिव योगेश भट्टराईको पहलमा ताप्लेजुङ्गको सडक निर्माणमा मात्र अरवौको बजेट भित्रिएको छ । राष्ट्रिय स्तरमा पहुँच र प्रभाव पार्न सक्ने नेता भट्टराईका कारण अरवौको बजेट भित्रिएर सडक निर्माण भएकोमा ताप्लेजुङ्गबासी हर्षित भएका छन ।

सडक निर्माण सम्वन्धी अधुरा कामहरु आगामी कार्यकालमा पुरा गर्ने नेता भट्टराईको प्रतिवद्धता छ । उहाँ भन्नुहुन्छ “हिजो चुनाव लडदा कुनै वडामा सडकको ट्रयाक राम्रो थिएन अहिले ६१ वटै वडामा गाढीबाट चुनाव प्रचारमा पुगेका छौ,काम भएको छ,अझै गर्न वाँकी छ ।” योगेश भट्टराईको पहलमा सुकेटार देउराली काफलेपाटी सडक कालोपत्रेका लागि ४१ करोड ७६ लाख रकम बिनियोजित भएको थियो । यस्तै बहानन्दे दोभान सडक कालोपत्रे गर्न ३३ करोड ९९ लाख,सुभाडखोला लिम्वुनीपूल सडक तमोर करिडोर २२ करोड ८४ लाख,हाडदेवा थिवा सडक तमोर करिडोर २४ करोड २८ लाख,हेप्यिाड टिप्ताला सडक कालोपत्रे २६ करोड ४८ लाख,वसन्तपुर गुफा, ढुँगेसाँघु दोभान सडक १३ करोड,सुकेपोखरी ढुँगेसाँघु सडक १४ करोड रकम नेता भट्टराईकै पहलमा बिनियोजन भएको हो ।

यस्तै थर्पु पाथीभरा सडक १३ करोड,फुङ्गलिङ्ग बजार वाइपास सडक ५ करोड ५१ लख,ओलाङ्गचुङ्गगोला टिप्ताला सडक ३ करोड,तमोर करिडोरका चतरामुलघाट ओलाङ्गचुङ्गगोला सडक १ अर्व ५० करोड,केचना कंचनजंघा पर्यटकीय सडक ५५ करोड रकम नेता योगेश ओलाङ्गचुङ्गगाको पहलमा भित्रिएको हो । यि वाहेक गाँउ गाँउमा सडक सञ्जाल पुरयाउन उहाँको पहलमा बजेट बिनियोजन भएका छन । ताप्लेजुङ्ग ढुँगेसाँघुका तुलसी खतिवडा भन्नुहुन्छ “ ताप्लेजुङ्गबाट यति गतिलो नेता ताप्लेजुङ्गले पाएका कारण अरवौको वजेट पाउन सकेको हो,वाँकी काम पूरा गर्न उहाँलाई जीताउदै छौ ।”

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*