लोकतन्त्र र गणतन्त्र प्राप्तिको लडाईंमा सँगै लडेका काँग्रेस चिन्ह विहिन बनेर नेतृत्व खोजी रहेकोले हामि छहारी दिन तयार छौं :योगेश भट्टराई

वेलकम खबर
कार्तिक १९, २०७९

काठमाडौं । ताप्लेजुङबाट प्रतिनिधिसभाका उम्मेदवार योगेशकुमार भट्टराईले चिन्ह विहिन भएको काँग्रेसीको पनि नेतृत्व लिन आफू र एमाले तयार रहेको बताएका छन् । प्रदेशसभाको एक निर्वाचन क्षेत्र बाहेक प्रतिनिधिसभा र एउटा प्रदेशसभामा काँग्रेसको चिन्ह नभएकोतर्फ संकेत गर्दै उनले यस्तो भनेका हुन् ।

प्रदेशसभा निर्वाचन क्षेत्र नं २ का अधिकांश क्षेत्रहरूको घरदैलो कार्यक्रमपछि दोभान बजारमा जनवर्गीय संगठनहरुद्धारा आयोजित कार्यक्रममा बोल्दै भट्टराईले लोकतन्त्र र गणतन्त्र प्राप्तिको लडाईंमा सँगै लडेको काँग्रेस चिन्ह विहिन बनेर नेतृत्व खोजी रहेको भन्दै उनले काँग्रेस कार्यकर्तालाई आफूहरु छहारी दिन तयार रहेको बताए ।

विपक्षीले गरेका टीकाटिप्पणी र आलोचनाबाट आलोचना गरिएको शक्ति र व्यक्ति जहिल्यै सहि छन् भनेर अनुमान लगाउन कुनै कठिन नपर्ने भट्टराईको भनाई थियो ।

यस्तै एमालेसहित काँग्रेस र माओवादी समेतको नेता भएकोले जहाँ पायो त्यही मुख छाडेर हिँड्न नमिल्ने पनि उनले बताएका छन् ।

आफू जिम्मेवार पार्टीको केन्द्रीय नेतृत्वमा समेत रहेकोले कसैले भनेको भरमा उच्छृङ्खल र उत्तेजक अभिव्यक्ति नदिने उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*