एमाले ताप्लेजुङले आज देखि सिवा बजारबाट चुनाबी आसभा गर्दै
ताप्लेजुङ । नेकपा एमाले ताप्लेजुङले चुनावी आमसभा आज फक्ताङलुङको सिवा बजारबाट शुरु गर्ने भएको छ
फक्ताङलुङ गाँउपालिकालाई केन्द्र बनाएर आज १८ गते सिवा बजार देखि शुरु गरेको आमसभा मंसिर १ गते फुङलिङमा आमसभा गरेर समापन हुने छ ।
आमसभालाई नेकपा एमालेका सचिव तथा ताप्लेजुङ प्रतिनिधिसभाका उम्मेदवार योगेश भट्टराई नेकपा एमाले पोलिटब्युरो सदस्य तथा प्रदेशसभाको क उम्मेदवार तिलकुमार मेन्याङ्बो, एमाले केन्द्रिय सदस्य तथा समानुपातिक उम्मेदवार टंक आङबुहाङ, एमाले केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा समानुपातिक उम्मेदवार उर्मिला थेवे, नेकपा एमाले संघीय मामला सचिव तथा प्रतिनिधिसभा सदस्य समानुपातिक उम्मेदवार शिवकुमार गुरुङले सम्बोधन गर्नुहुने छ ।
त्यस्तै जिल्ला सह ईन्जार्च पासाङ शेर्पा, एमाले प्रदेश कमिटी सचिवालय सदस्य बलबहादुर साम्सोहाङ,एमाले प्रदेश कमिटी सदस्य तथा ताप्लेजुङ प्रदेश ख का उम्मेदवार गोपाल थोप्रा प्रदेशसभा समानुपातिक उम्मेदवार बुद्धिमान परियार, राष्ट्रिय युवा संघ नेपालका महासचिव क्षितिज थेवे लगायतले सम्बोधन गर्ने नेकपा एमाले ताप्लेजुङले जनाएको छ ।
आम सभाका राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहने समेत एमालेले जनाएको छ । पालिका स्तरीय आभ सभा १८ गते सिवाबाट शुरु भएको कार्यक्रम १९ गते मिक्वाखोला साँवा,२० गते मेरिङदेन सुलुम्फी २१ गते पाथीभरा याङवरकको थेचम्बु २२ गते श्रीजंघाको तेल्लोक,२३ गते सिदिङवाको साब्लाखु, २४ गते आठराई त्रिवेणीको हाङपाङ,२५ गते मैवाखोलाको साँघु र मंसिर १ गते फुङलिङ बजारमा आमसभा गर्ने एमालेले जनाएको छ ।



















