ताप्लेजुङमा नेपाल संम्बत ११४३ मनाईयो (फोटो फिचर)

वेलकम खबर
कार्तिक ९, २०७९

ताप्लेजुङ। नेपाल भाषा तथा सांस्कृतिक समाज ताप्लेजुङको आयोजनामा बुधबार नेपाल संवत ११४३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । सदरमुकामबाट लाखेसहित निकालिएको र्याली फुङलिङ नरपालिका ४ स्थित भिन्तुनामा पुगेर कार्यक्रममा परिणत भएको थियो । कार्यक्रममा नेपाल संवतको महत्वको बारेमा चर्चा गरिएको थियो ।

नगरपालिका नगरप्रमूख अमिर मादेनको प्रमूख आथिथ्यतामा आयोजित कार्यक्रममा राष्ट्रिय विभूती सङ्खधर साख्वाको बारेमा सहभागीले चर्चा गरे । समाजका वरिष्ठ उपाध्यक्ष अम्बिकाराज भण्डारीले स्वागतसहित कार्यक्रमबारे जानकारी दिए । समाजका पुर्व जिल्ला अध्यक्ष निरोज श्रेष्ठले नेपाल संवत र म्हस् पुजाको विषयमा प्रष्ट पारे । नगरप्रमूख मादेनले नेवार समुदायसहित नगरभित्रका सवै समुदायको विकासमा सहयोग गर्ने बताए ।

नगर उपप्रमूख भिमादेवी ओझाले नगरसरकारले आदिबासी जनजातिको हितमा काम गर्न कन्जुस्याँई नगर्ने बताए । आदिबासी जनजाति महासँघ जिल्ला समन्वय परिषदका उपाध्यक्ष वाङ्गे शेर्पाले विगतमा नगरसरकारले बजेट दिन्छु भनेर झुक्याएको भन्दै गुनासो गरे ।

उपाध्यक्ष शेर्पाले भने,‘संग्राहलय बनाउन जग्गा खोज्न भनेकाले खोज्यौ । तर नगरपालिकाले दिएन ।’ होटल व्यवसायी सँघका अध्यक्ष दिनेश खवासले सबै जनजाति समुदायको विकासमा नगरसरकारले सहयोग गर्नुपर्नेमा जोड दिए । नेपाल पत्रकार महासँघका अध्यक्ष आनन्द गौतमले नेवार समुदायले लाखेजात्रामा संञ्चालन गर्ने लाखेनाचको प्रशंसा गरे ।

जिल्लाको पर्यटन प्रबर्दनमा लाखेजात्रा पर्वले टेवा मिलेको अध्यक्ष गौतमले बताए । समाजका अध्यक्ष शकर श्रेष्ठले चालु आवमा नगरपालिकाले विनियोजना गरेको ६ लाख रुपैयाँले घेराबारा गर्ने बताए । अध्यक्ष श्रेष्ठले भने,‘लाखेनाचमा पनि नगरसरकारले २ लाख दियो । पुन घेराबारा गर्न ६ लाख विनियोजन गरेकोमा आभारी छौ ।’ समाजका सचिव अरुण श्रेष्ठले कार्यक्रम संञ्चालन गरे ।

 

 

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*