एक अर्काको संस्कृतिको सम्मानले मात्र सांस्कृतिक संरक्षणको महत्व रहन्छ : योगेश भट्टराई 

वेलकम खबर
कार्तिक ८, २०७९

ताप्लेजुङ । नेकपा एमालेका सचिव योगेश भट्टराईले संस्कृति र पर्वका दृष्टिले धनी नेपाल र नेपाली बीच आपसी एकता, सहिष्णु विचार,भाइचारा सम्बन्ध र एकअर्काका संस्कृति र परम्पराको सम्मानले मात्र सांस्कृतिक महत्वको संरक्षण सम्भव भएको बताउनुभएको छ ।
ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार समेत हुन भएको भट्टराईले दीपावलीको लगायतका चाडहरुको  शुभकामना सन्देश दिदै उक्त कुरा बताउनु भएको हो । उहाँले २०७९ सालको तिहार, नेपाल सम्वत् ११४३ नयाँ  बर्ष, बलिहाङ तङ्नाम,छैट,उधौंली, ल्होसार सहितका सम्पूर्ण नेपाली सांस्कृतिक महत्वका पर्वहरूका अवसरमा समस्त नेपाली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुस्वास्थ्य, दीर्याघु एवम् उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त  गर्नु भएको हो । 

उहाँले शुभकामना सन्देशमा भन्नु भएको छ नेपाल जातीय विविधता बीच धार्मिक सहिष्णुता भएको मुलुक भएको बताउदै नेपाल र नेपालीबीचका धार्मिक एवम् सांस्कृतिक महत्वका पर्वलाई सुव्यवस्थित ढंगले मनाउन आग्रह समेत गर्नुभएको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*