नेकपा एमाले ताप्लेजुङद्धारा आजबाट चुनावी कार्यक्रम सुरु
ताप्लेजुङ । नेकपा एमाले ताप्लेजुङले आजबाट चुनावी कार्यक्रम सुरु गरेको छ । प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि गाउँ–गाउँ पुगेर प्रशिक्षण तथा कार्यकर्ता भेटघाट कार्यक्रम राखिएको एमालेले जनाएको छ ।

आज पहिलो दिन सिदिङवा गाउँपालिका स्थित सादेवामा कार्यक्रम भइरहेको छ । कार्यक्रममा प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार योगेश भट्टराई र प्रदेशसभाका उम्मेदवार तिलकुरमार मेन्याङबो लिम्बु र गोपाल थोप्राले सम्बोधन गर्ने छन् ।

यस्तै भोली शुक्रबार सिदिङवाकै भञ्ज्याङ सब्लाखुमा चुनावी कार्यक्रम राखिएको छ । २९ गते सम्म सिदिङवाकै विभिन्न स्थानमा कार्यक्रम हुने र त्यसपछि अन्य स्थानीय तहमा चुनावी कार्यक्रम हुने एमालेले जनाएको छ ।

हाल चुनावी कार्यक्रम कात्तिक १६ गते सम्मको तय भएको छ ।
यस्तो छ एमाले ताप्लेजुङले तय गरेको चुनावी कार्यक्रमको सूची :




















