झलनाथका छोरासँग जोडिएको मुद्दाले गुरुङको उम्मेदवारी खारेज

वेलकम खबर
अशोज २६, २०७९

काठमाडौं । रुपन्देही–२ मा प्रतिनिधिसभा सदस्य पदमा सत्ता गठबन्धनबाट उठेका नेकपा (एकीकृत समाजवादी)का राजु गुरुङको उम्मेदवारी खारेज भएको छ ।

स्वतन्त्र उम्मेदवार हिमाल बस्यालको उजुरीमाथि छानीबिन गर्दा गुरुङ अयोग्य देखिएकाले उम्मेदवारी खारेज गरिएको निर्वाचन अधिकृत कार्यालयका सहायक निर्वाचन अधिकृत घनश्याम गौतमले जनाएका छन् ।

पूर्व प्रधानमन्त्री झलनाथ खनालका छोरासँग जोडिएको ब्यांकिङ कसुर सम्बन्धी मुद्दाका कारण गुरुङको उम्मेदवारी खारेज भएको हो । गुरुङ र खनालका छोरा निर्भीक चित्रकार खनाल लगायत ६ जनालाई जिल्ला अदालत काठमाडौंले चेक अनादर सम्बन्धी मुद्दामा २०७८ मंसीर १२ गते दोषी ठहर गरेको थियो ।

गुरुङ र निर्भीकको संलग्नता रहेको नर्थ वेस्ट नेपाल इन्फा प्रालिले २ करोड २५ लाख रुपैयाँ नतिरेपछि २०७६ सालमा ब्यांकिङ कसुर सम्बन्धी उजुरी परेको थियो । सोही उजुरीमा सुनुवाई गर्दै अदालतले जरिवाना सहित बिगो तिराउने फैसला गरेको थियो ।

रुपन्देही–२ का हाम्रो नेपाली पार्टीका कमल भुसालको पनि उम्मेदवारी खारेज भएको छ । यो क्षेत्रमा नेकपा ९एमाले०का उपाध्यक्ष विष्णु पौडेलले उम्मेदवारी दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*