आईएमई लुटपाटमा संलग्न एक जना पक्राउ

वेलकम खबर
अशोज १८, २०७९

ताप्लेजुङ । सदरमुकाम फुङलिङको वीरेन्द्र चोकमा रहेको आईएमईबाट नगद तथा गरगहना लुटपाटमा संलग्न रहेको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

सोमवार नगद ६ लाख र झोलामा रहेको गरगहनासहित पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक कैलाश राईले जानकारी दिए ।बिहान ११ बजेतिर भानुजन मा। वि। छेउमा निर्माणाधीन बसपार्कबाट ओरालो लागेका उनलाई प्रहरीले त्यही क्षेत्रबाट पक्राउ गरेको हो । फुङलिङ नगरपालिका निवासी भए पनि उनको विवरण प्रहरीले खुलाएको छैन । अरुको खोजी भइरहेको राईले बताए ।

लुटपाटमा चार जनाको संलग्नता रहेको सीसीटीभी फुटेजमा देखिएको प्रहरीले जनाएको छ । चारमध्येका एक जनाले बाहिर रुंगेको, दुई जनाले कर्मचारीलाई नियन्त्रणमा लिएको र एक जनाले सीसीटीभी बन्द गराएकोसम्म फुटेजमा देखिएको छ । उनिहरूले ११ लाख ५५ हजार नगद र गरगहनासहितका सुनका सामग्री लगेको प्रहरीको प्रारम्भिक अनुमान छ । फुङलिङको वीरेन्द्र चोकमा रहेको आईएमईमा कार्यरत कर्मचारीलाई आइतबार बेलुका हामीले जाकटी राखेको गहना उकासेर लैजानुपर्ने छ भनेर फोन गरेका थिए ।

सोमबार बिहान करिब ८स्३० बजेको समयमा आईएमईमा गएर गहना हेरिदिन भनेका थिए ।
आईएमई सञ्चालक कर्मचारी रेकर्ड हेर्न कार्यालयमा गएका बखत पछिपछि गएर नियन्त्रणमा लिई लुटपाट गरेको सीसीटीभी फुटेजमा देखिएको आईएमई सञ्चालक अम्बरकुमार श्रेष्ठले बताए । सञ्चालक अम्बर र उनका पत्नी मैया श्रेष्ठ भने गत मंगलबार भ्रमणका लागि अस्ट्रेलिया पुगेका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरीले लुटेरा समूहको खोजी गरिरहेका छन् ।नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले संलग्न व्यक्तिहरूको खोजी भइरहेको जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*