म्याराथन विजेतालाई योगेश भट्टराईको सहयोग 

वेलकम खबर
अशोज १४, २०७९

 काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले ताप्लेजुङ महिला हाफ म्याराथनमा विजेता बनेकालाई नगद सहयोग गर्नु भएको छ ।
शुक्रबार भएको ताप्लेजुङ म्याराथन तथा पर्यटन महोत्सवमा प्रथम हुन भएकी ताप्लेजुङ मैवाखोला गाँउ पालिकाका समपाल्मु शेर्पालाई हौसला स्वरुप ६ हजार नगद सहयोग गर्नु भएको हो  । शेर्पाले ३ घण्टा ४१ मिनेट ९ सेकेन्डमा निर्धारित दूरी पार गदै प्रथम हुन भएको थियो । 


निर्वतमान प्रतिनिधिसभा सदस्य भट्टराईले तेस्रो भएकी ताप्लेजुङ फक्ताङलुङ गाउँपालिकाकी पेम्वाल्हामु शेर्पालाई समेत  ५ हजार प्रदान गर्नु भएको छ । शेर्पा ४ घण्टा ३१ मिनेट ५४ सेकेन्डमा निर्धारित दूरी पार गदै तेस्रो हुन भएको थियो ।  

भट्टराईले  विजेता शेर्पाद्वयलाई  आज टेलिफोन गरी बधाई दिनुभयो  ।  बधाई दिदै खेल क्षेत्रको प्रगतिको लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । खेल क्षेत्रमा अवसर आए र सहयोग चाहिएमा सम्पर्क गर्न समेत बिजेताहरूलाई आग्रह गर्नुभयो । म्याराथनमा दोश्रो स्थान भने भोजपुरकी छेम्बिमाया राई हुन भएको थियो । महिला हाफ म्याराथनमा  विभिन्न जिल्लाको २४ जना धावकहरू सहभागी थिए । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*