दशैमा ताप्लेजुङमा खाद्यान्नमा छुट अफर

वेलकम खबर
अशोज ११, २०७९

ताप्लेजुङ । दशैं तिहार जस्ता चाडपर्वको अवसर पारेर ताप्लेजुङ उद्योग वाणिज्य संघले असोज ८ गतेदेखि कात्तिक १५ गतेसम्म लागु हुनेगरी छुटसहित दैनिक उपभोग्य वस्तुको अधिकतम खुद्रा मूल्य सार्वजनिक गरेको छ। जस अनुसार २५ रुपैयाँ छुटसहित ५० किलोग्राम सोना चामल मूल्य प्रतिबोरा २ हजार ४ सय ७५ कायम गरिएको ताप्लेजुङ उद्योग वाणिज्य संघका अध्यक्ष नारायण थापाले जानकारी दिए।

यस्तै २५ रुपैयाँ छुटसहित ५० किलोग्राम किसान गोयल चामल मूल्य प्रतिबोरा ३ हजार ५० तथा प्रतिकिलो खुुद्रा मूल्य ६२ रुपैयाँ कायम गरिएको छ। २५ किलोग्राम जिरा मसिनो चामलको मूल्य २५ रुपैयाँ छुटसहित २ हजार १ सय २५,३० किलोग्राम वजनको जुनेली चामल प्रतिबोरा २५ रुपैयाँ छुटसहित २ हजार ५० र ५ किलो वजनको वास्मति मख्खन चामल २० रुपैयाँ छुटसहित प्रति प्याकेट ६ सय ८० रुपैयाँ कायम भएको ताप्लेजुङ उद्योग वाणिज्य संघले जनाएको छ।

यस्तै चिनी ५ रुपैयाँ छुटसहित प्रतिकिलो ९५, खुल्ला चिउरा ५ रुपैयाँ छुटसहित प्रतिकिलो ६५ र आयोनुुन २ रुपैयाँ छुटसहित प्रति प्याकेट २८ रुपैया मूल्य निर्धारण गरिएको छ। ५ किलोग्राम वजन भएको ४ सय रुपैयाँ पर्ने र २ किलो वजन भएको १ सय ८० रुपैयाँ पर्ने आँटाको मूल्य घटाइएको छैन।

ठूलो दाना भएको मुसुरी दाल तथा फाका कालो दालको प्रत्येकमा प्रतिकिलो मूल्य १० रुपैयाँ छुटसहित प्रतिकिलो १६० रुपैयाँका दरले निर्धारण गरिएको छ। घैला तोरी तेलमा प्रतिलिटर १० रुपैयाँ छुट दिएर ३ सय ३० तथा अन्य तोरी तेल १० रुपैयाँ नै छुट दिएर प्रतिलिटर २ सय ९० कायम गरिएको ताप्लेजुङ उद्योग वाणिज्य संघले जनाएको छ।

यस्तै सूर्यमुखी तेल सेलो पौच प्रतिलिटर १० रुपैयाँ छुट दिएर २ सय ९० तथा अन्य सूर्यमुखी तेल १० रुपैयाँ छुट दिएर प्रतिलिटर २ सय ८० रुपैयाँ कायम गरिएको छ। ६ सय रुपैयाँ प्रतिकिलो पर्ने प्याकेट जिरामा छुट दिइएको छैन। १ सय २५ रुपैयाँ प्रतिकिलो पर्ने हरियो मिटरमा ५ रुपैयाँ छुट दिएर प्रतिकिलो १ सय २० तथा १ सय २० रुपैयाँ प्रतिकिलो पर्ने चनामा ५ रुपैयाँ छुट दिएर प्रतिकिलो १ सय १५ रुपैयाँ कायम गरिएको छ।

चुनामा प्रतिपोका १० रुपैयाँ छुट दिएर १ सय ४० रुपैयाँ कायम गरिएको छ। खाना पकाउने ग्याँस प्रति सिलिण्डर २ हजार ५० उल्लेख भएको पाथीभरा ग्याँसमा छुट दिइएको छैन भने २ हजार १ सय ५० पर्ने मेची र कन्काई ग्याँसमा ५० रुपैयाँ छुुट दिएर २ हजार १ सय रुपैयाँ कायम भएको छ।

ताप्लेजुङ उद्योग वाणिज्य संघले जुत्ता चप्पल, लत्ताकपडा, रंगरोकन, कष्मेटिक तथा श्रिंगार सामग्री, सुनचाँदीका गरहगनाको तयारी ज्याला र थान कपडाको सिलाई ज्याला प्रत्येकमा १० प्रतिशत छुट गरी बिक्री वितरण गर्न व्यवसायीहरुलाई आग्रह गरेको छ। उसले उपभोग्य मिति समाप्त भएका सामग्री, पटका, भुइचम्पा र आकाशबाजीसहितका विस्फोटक पदार्थको बिक्री वितरण नगर्न समेत व्यवसायीहरुलाई सचेत गराएको छ। nagaraiknews

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*