यातायात बन्दको कार्यक्रम फिर्ता
वेलकम खबर
अशोज ११, २०७९
ताप्लेजुङ । मुकुम्लुङ सघर्ष समिति ताप्लेजुङले यातायात बन्दका कार्यक्रम फिर्ता लएको छ । सोमवार बेलुका मुकुम्लुङ सघर्ष समिति ताप्लेजुङ र पाथीभरा म्याराथन तथा पर्यटन महोत्सव मुल आयोजक समिति बिच भएको सम्झौतालाई दुवै पक्षले कार्यान्वयन गर्ने सहमति भए संगै बन्दका सम्पुर्ण कार्यक्रम फिर्ता लिएको मुकुम्लुङ सघर्ष समिति ताप्लेजुङका उपाध्यक्ष दिपक लिम्बुले बताउनु भयो ।
अब सहमति भए अनुसार ताप्लेजुङ सञ्चालन हुदै गरेको महोत्सवको नाम ताप्लेजुङ म्याराथन तथा पर्यटन महोत्सव २०७९ रहनेछ ।



















