ताप्लेजङ अन्तरपालिका फुटसलको उपाधि फक्ताङलुङलाई

वेलकम खबर
अशोज ८, २०७९

काठमाडौं । तेस्रो ताप्लेजङ अन्तरपालिका फुटसलको उपाधि फक्ताङलुङ गाउपालिकाले जितेको छ । शनिवार काठमाडौको प्राईम फुटसलमा भएको फाईनल खेलमा पुरुष तर्फको खेलमा फुङलिङ नगरपालिकालाई हराउदै फक्ताङलुङ बिले उपाधि हात पारेको हो ।
वडा दशै तथा दिपावलीको अवसरमा आयोजित शनिवार भएको फाईनल खेलमा फक्ताङलङ बिले नगरपालिकालाई ३—०ले हराउदै उपाधि जितेको हो अयाोजक ताप्लेजुङ युवा समाज काठमाडौंले जनाएकोे छ । युवा समाजका महासचिव निरोज लिवाङका अनुसार खेलमा उत्कृष्ट खेलाडी फक्ताङलुङका आङछिरिङ शेर्पा, उत्कृष्ट किपर फक्ताङलुङकै विशेष लामा र सर्वाधिक गोलकर्ता मिक्वाखोलाका संजोक मादेन बनेका थिए ।

त्यस्तै महिला तर्फको उपाधि भने ताप्लेजुङ युवा समाजले हात पारेको छ फक्ताङलुङ स्पोर्टिङ क्लबलाई हराउदै युवा समाज प्रथ बनेको हो ।
बिजेता तथा उपविजेताहरुलाई नेकपा एमालेको सचिव तथा पूर्वमन्त्री योगेश भट्टराई एमाले नेता शिवकुमार गुरुङ, नेपाली काग्रेस ताप्लेजुङकी युवा नेत्री शिला ईजम, नेकपा माओवादी वाईसिएल उपाध्यक्ष मिङ्माडण्डु लामा, ताप्लेजुङ सरोकार केन्द्रका निर्वतमान अध्यक्ष चित्रगुप्त साँवा महासचिव सन्तोष मादेन लगायतले पुरस्कार वितरण गर्नुभएको थियो । पुरुष तर्फको खेलमा १० टीम र महिला तर्फ ४ टीमको सहभागिता रहेको आयोजकले जनाएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*