‘पार्टी क्रस, लाख प्लस’ कार्यक्रम गर्दै एमाले

वेलकम खबर
अशोज ८, २०७९

काठमाडौ । नेकपा एमालेले शनिबार पार्टी क्रस, लाख प्लस विशेष कार्यक्रम गर्ने भएको छ। मधेस प्रदेशमा जनकपुर र काठमाडौंमा एउटै समयमा आयोजना गरिने कार्यक्रममा अध्यक्ष केपी ओली र महासचिव शंकर पोखरेल सहभागी हुने केन्द्रीय प्रचार विभागका सचिव गगन विष्टले जानकारी दिए।
लोसपाका प्रमुख सचेतक उमाशंकर अरगरिया र कांग्रेसका एक पूर्वमन्त्रीसहितलाई पार्टी प्रवेश गराउने कार्यक्रममा जनकपुरमा ओलीले सम्बोधन गर्नेछन् भने पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा महासचिव पोखरेलले सम्बोधन गर्ने एमालेले जनाएको छ।

केही समयदेखि पार्टीले संचालन गरेको प्रवेश कार्यक्रममार्फत अहिलेसम्म सबै पार्टीबाट प्रवेशीहरुको संख्या एक लाख नाघिसकेको दाबी गर्दै विष्टले त्यस उपलक्ष्यमै विशेष कार्यक्रम आयोजना गरिएको बताए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*