आयोगले गर्‍यो मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त

वेलकम खबर
अशोज ५, २०७९

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचनमा सम्पन्न गर्नुपर्ने काम गर्नर गराउनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको छ ।
बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै आयोगले ७७ जिल्लाका न्यायाधीशलाई सोही जिल्लाको मुख्य निर्वाचन अधिकृतमा नियुक्त गरेको छ ।यसैगरी न्याय सेवा आयोगको सिफारिसमा बाँकी ८८ निर्वाचन क्षेत्रमा नेपाल न्याय सेवा राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृतलाई निर्वाचन अधिकृतमा नियुक्त गरेको आयोगले जनाएको छ । आयोगले असोज ११ गतेदेखि लागू हुने गरी उनीहरूलाई नियुक्त गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*