गठबन्धनमा टुंगिएन सिट बाँडफाँट, फेरि भाेलि शीर्ष नेताको बैठक बस्ने

वेलकम खबर
भदौ २६, २०७९

काठमाडौं ।सत्तारुढ गठबन्धनले सिट बाँडफाँट टुंग्याउन सकेको छैन । आइतबार बसेको गठबन्धन शीर्ष नेताहरुको बैठकले पनि आसन्न निर्वाचनका लागि सिट बाँडफाँट टुंग्याउन सकेन ।
आइतबार नटुंगिएपछि सोमबार बिहान ८ बजे पुनः बैठक बस्ने एकीकृत समाजवादी सम्मानीत नेता झलनाथ खनालले जानकारी दिए । आइतबारको बैठकमा कार्यदलले बुझाएको प्रतिवेदनको रिपोर्टिङ मात्र भएको उनले जानकारी दिए । बैठकमा तालमेलका विषयमा कुराकानी भए पनि सिट बाँडफाँट भने टुंगो नलागेको जानकारी दिएका खनालले कार्यदलले तयार पारेको प्रतिवेदनका विषयमा भने रिपोर्टिङ भएको बताए ।सिट बाँडफाँटमा कार्यदलले मिलाउन बाँकी रहेको विषयमा सोमबार बस्ने शीर्ष नेताको बैठकमा छलफल हुने खनालको भनाइ छ । सोमबारको बैठकले सिट बाँडफाँटको टुंगो लगाउने उनको दाबी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*